Logo
Logo

अर्काे सातादेखि तातोपानी नाका खुल्दै


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ९ जेठ ।
चार वर्षअघि भूकम्पले बन्द भएको चीनसँगको तातोपानी नाका १५ जेठदेखि सुचारू हुने पक्का भएको छ । नेपालस्थित चिनियाँ दूतावासले बिहीबार औपचारिक रुपमा यो जानकारी दिएको हो । भूकम्पले क्षति पुर्याएका संरचनाहरूको पुनर्निर्माण सकिएकाले आफूहरु तातोपानी नाका सञ्चालन गर्न तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ ।


दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले भनिन् ‘तातोपानी नाकाको पुनर्निर्माण सकिएको छ, अर्को सातादेखि सञ्चालनमा आउँछ, सुरूमा मालवाहक सवारीसाधन चल्नेछन् ।’
उनले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने स्पष्ट पारिन् । चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले तत्काल प्रयोग गर्न नपाउने उनको भनाइ छ । उनले तातोपानी नाका पुनः सञ्चालन भएपछि नेपाल र चीनबीचको व्यापारमा वृद्धि हुने बताइन् ।
राजदूत यानछीले नेपाली पक्षले पनि आफ्नोतिर बाटोलगायत पूर्वाधारको राम्ररी मर्मतसम्भार गरेर नाका सञ्चालन गर्ने विश्वास व्यक्त गरिन् ।
नेपालको पटक पटकको आग्रहपछि चीनले तातोपानी नाका खोल्न तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्