Logo
Logo

पूर्व प्रधानन्यायधीश खत्रीको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० जेठ ।
पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९८ वर्षको उमेरमा निधन भएको छ । बिहीबार नेपाल मेडिसिटी अस्पताल ललितपुरमा उपचारको उनको निधन भएको हो । विक्रम संवत् १९७८ मा ललितपुरको जावलाखेलमा जनन्मिएका खत्री विक्रम संवत् २०३३ देखि ४२ सालसम्म नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका थिए ।
नेपालको निजामती, कूटनीतिक र संवैधानिक अङ्गको नेतृत्वमा पुगेका खत्री पञ्चायत कालमा राजदूत समेत भएका थिए । प्रधानन्यायाधीश भएका खत्रीले शहीद यज्ञबहादुर थापाको मुद्दामा मृत्युदण्डको फैसला सुनाएपछि चर्चामा आएका थिए ।


खत्री राष्ट्रिय मानवअधिकार आयोगको दुई कार्यकाल अध्यक्ष समेत भए । उनी विक्रम संवत् २०४३ सालमा चीनका लागि नेपाली राजदूत बनेका थिए । खत्रीको शनिवार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्