Logo
Logo

विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्कासित


1k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रले पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको हो ।

मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति र्पुयाउने काम लगातार गरेको आरोप लगाएका छन् । यसअघि पाण्डेलाई मिश्रले स्पष्टीकरण सोधेका थिए । जवाफमा पाण्डेले ‘सरी ! राजतन्त्र मान्न सकिँदैन’ भनेका थिए । उक्त स्पष्टीकरण चित्ता बुझ्दो नभएको मिश्रको भनाइ छ ।

‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति र्पुयाउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण ९च. सं. ५०१० माग गरिएको विदितै छ,’ पाण्डेमाथि गरिएको कारबाहीमा भनिएको छ, ‘पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टिकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।’

गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद रहँदै आएको थियो ।

मिश्रले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्