Logo
Logo

सेन्ट्रल जोन भलिबल : नेपाली महिला टिमको दोस्रो जित



काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जितेको छ । ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गरेको हो ।

पहिलो सेट २५–११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५–९ ले सहजै जित्यो । तेस्रो सेटमा २५–५ ले जित्दै नेपाल विजयी भएको हो । यसअघि नेपालले बिहीबार श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो ।

पुरूषतर्फ भने नेपाल बंगलादेशसँग पराजित भएको थियो । पुरूषतर्फ शुक्रबार नेपालले उज्वेकिस्तानसँग खेल्नेछ । महिलातर्फ साविक विजेता नेपालले २ खेलबाट ५ अंक जोडेको छ । नेपालले अब आयोजक बंगलादेश, उज्वकेस्तान र किर्गिस्तानसँग खेल्न बाँकी छ। शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्