Logo
Logo

हिमालय एयरलाइन्सले बजार हिस्सामा नेपाल एयरलाइन्सलाई उछिन्यो



काठमाडौं । निजी हवाईसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई बजार हिस्सामा उछिनेको छ ।

सन् २०१४ सालमा स्थापना भएको हिमालय एयरलाइन्सले सन् २०१६ मा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । त्यसयता पाँच वर्षपछि पहिलोपटक हिमालय एयरलाइन्सले नेपाल एयरलाइन्सलाई उछिनेको हो ।

पछिल्लो समय हिमालय एयरलाइन्सले ४ वटा जहाजमार्फत ६ वटा गन्तव्यमा प्यासेन्जर उडान गरिहेको छ भने चीनको २ वटा गन्तव्यमा कार्गो उडान गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार हिमालय एयरलाइन्सले उडान संख्यासँगै यात्रु संख्यामा नेपाल एयरलाइन्सलाई पछाडि पारेको छ ।

डिसेम्बर महिनामा हिमालयले ४ सय ३ वटा उडान तथा अवतरणमार्फत ३५ हजार ८ सय ८९ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ भने कार्गोमा पनि नेपाल एयरलाइन्सलाई पछाडि पारेको छ ।

हिमालयले डिसेम्बरमा ५ सय ७४ टन सामान बोकेको छ । यो नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स एयरलाइन्स कम्पनीहरूमा सबै भन्दा बढी हो ।

लगातर ३ वर्षदेखि एक नम्बरमा रहँदै आएको नेपाल एयरलाइन्स अहिले यात्रु बजार हिस्साका आधारमा तेस्रो नम्बरमा छ । नेपाल एयरलाइन्सले डिसेम्बरमा २ सय ४९ वटा उडान तथा अवतरणमार्फत ३० हजार ९ सय ९६ जना यात्रुलाई अन्तर्राष्ट्रिय हवाई यात्रा गराएको छ ।

नेपाल एयरलाइन्सले डिसेम्बरमा जम्मा ३ स्य ४२ टन सामान बोकेको छ। जुन हिमालयभन्दा २ सय ३२ टन कम हो । बढी यात्रु बोक्नेमा भने कतार एयरवेज रहेको छ । कतार एयरवेजले २०२१ को डिसेम्बरमा २ सय४८ उडान तथा अवतरणमार्फत ३७ हजार ६ सय २० यात्रुलाई सेवा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्