काठमाडौं, १५ जेठ ।
सरकारले बृद्धभत्ता तीन हजार रुपैयाँ पु¥याएको छ । यसअघि यस्तो भत्ता २ हजार थियो ।
बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले बृद्धभत्ता बढाएको जानकारी दिएका हुन् । बृद्धभत्ता पाउनेहरु करिब १३ लाख नागरिक छन् । त्यस्तै अपाग लगायतले पाउने सामाजिक सुरक्षा भत्ता एक हजारबाट दुई हजार रुपैयाँ बनाइएको छ ।