Logo
Logo

अधिकृतको तलब ३६ हजार पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।

सरकारले सरकारी कर्मचारीको तलब बृद्धि गरेको छ । राजपत्रांकित (अधिकृत वा सोभन्दा माथि)कर्मचारीको १८ तथा राजपत्रअनंकित(नासु हो सो भन्दा तल्लो तह)को २० प्रतिशत तलब बृद्धि भएको हो ।


तलब बृद्धिसँगै अब शाखा अधिकृतको तलब ३५ हजार ९ सय ९० पुगेको छ । त्यस्तै उपसचिवको ४० हजार तीन सय ८०, सहसचिवको ४७ हजार तीन सय ७७ तथा सचिवको ६० हजार ६ सय ७६ रुपैयाँ तलब पाउँछन् ।
त्यस्नै नासुको २८ हजार दुई सय तथा खरिदारको २६ हजार ६ सय चार पुगेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले सुरुको तलबमा सो बृद्धि हुने बजेट भाषणमार्फत जानकारी दिएका छन् । निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतको सबैको तलब बृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्