Logo
Logo

प्रहरीमा फेरि द्वन्द्वको त्रास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० जेठ ।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी पाँच घण्टा कब्जामा लिएपछि ग्रामणि क्षेत्रमा कार्यरत प्रहरीलाई अलर्टमा राखिएको छ । सरकारसँग हिंसाको प्रतिशोध लिन सो समूहले चौकी कब्जा गरेको हो ।
आक्रमणको योजना बुनेर पुगेका विप्लवका हतियारधारी कार्यकर्ताले आइतबार राति ९ बजेदेखि २ बजेसम्म चौकी कब्जामा लिएका हुन्। छेस्काम सोलुखुम्बु, संखुवासभा र भोजपुरको सीमा क्षेत्र पनि हो।

विप्लवले आक्रमण गर्ने अग्रीम सूचना पाएका कारण त्यहाँ कार्यरत प्रहरी भने साँझ ५ नबज्दै हतियार बोक्दै चौकी छाडेर हिँडेका थिए। छेस्काम चौकीमा प्रहरी सहायक निरीक्षक (असई) हीराप्रसाद देवकोटाको नेतृत्वमा ७ जनाको टोली खटाइएको थियो।
सो घटनापछि गृह मन्त्रालयमा सोमबार सुरक्षा समिक्षा बैठक बसेको छ । जसले देशभरीका ग्रामणि क्षेत्रका प्रहरी चौकीलाई सतर्क रहन भनिएको छ ।
यो घटनाले प्रहरीमा समेत द्वन्द्वको त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्