Logo
Logo

नेकपाको सचिवालय बैठक स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको हो ।


मंगलबारदेखि जारी बैठकमा कार्यविभाजनको बारेमा छलफल भइरहेको छ । तर, मापदण्डको विषयमा कुरा मिल्न सकेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको समय नमिलेकाले शुक्रबारसम्मका लागि बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्