Logo
Logo

प्रेममा किन प्रयोग हुन्छ रातो गुलाफ ?



काठमाडौं । जब प्रेमको कुरा आउँछ, तब फूललाई प्रतीक प्रयोग गरिने गरिन्छ । फूल एउटा राम्रो र सुन्दर उपहार हो । जसलाई कुनै शब्दले बखान गर्न सकिन्न ।

फूलले आफ्फै भावना प्रकट गर्छ । रातो गुलाफ प्रेम प्रकट गर्दा दिइने उपहार हो । यो आफ्नो विशेष मानिसलाई दिइन्छ । यसले तपाई मानिससंग कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रातो गुलाफ दिइसकेपछि तपाईंले ‘आई लभ यु’ भनिरहनै पर्दैन ।

भ्यालेन्टाइन डे मा कसैले दिएको रातो गुलाव स्वीकार गर्नु उसको प्रेम प्रस्तावलाई स्वीकार गर्नु हो । रातो गुलाफलाई शान्ति, प्रेम र क्षमताको प्रतिक मानिन्छ । यसलाई प्रेम-प्रस्तावका रुपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो ।

प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छ । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । यहाँ रमाइलो कुरा के छ भने कहिलेकाहीँ जोडीबीच झगडा परेको छ भने पनि त्यसलाई टुंग्याउन रातो गुलाफ दिने गरिन्छ । मन परेको मानिसलाई प्रपोज गर्नुपर्दा रातो गुलाफजत्तिको उपयुक्त अरु छैन ।

प्रतिक्रिया दिनुहोस्