काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए । भेटमा एमससीसी परियोजनालगायतका विषयमा छलफल भएको बताइएको छ ।

साथै, आजै गृहमन्त्री खाँणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् । ओलीलाई भेट्न गृहमन्त्री खाँण वालकोट पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी संसदबाट पास गर्ने प्रयासमा मंगलबार ओलीसँग छलफल गरेका थिए भने आजै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटेका छन् । तर, प्रचण्डले एमसीसी स्थास्थितिमा संसदबाट पारित गर्न नसकिने बताउँदै आएका छन् ।














