Logo
Logo

पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको छ : प्रचण्ड


3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।’

नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएका छन् । तर, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी संसदबाटथ अनुमोदन गर्ने पक्ष छन् । जसले गर्दा सत्ता गठबन्धनमा तिव्र मतभेद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्