Logo
Logo

बरिष्ठ लोकगायक जयनन्द लामाप्रति श्रद्धाञ्जली अर्पण


378
Shares

काठमाडौं । बरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरिरलाई बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो ।

संस्कृति पर्यटनमन्त्री प्रेम आले, अग्रज कलाकारहरु, शुभेच्छुक लगाएत आफन्तहरुले लामा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेलेको भूमिकाको स्मरण गरे ।

बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडिबाट ओर्लिने क्रममा लडेर लामाको निधन भएको थियो ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाले धेरै मौलिक लोकगीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्