Logo
Logo

सुरक्षा घेरामा संसद भवन : नयाँ बानेश्वर क्षेत्र अस्तव्यस्त


2.2k
Shares

काठमाडौं । एमसीसीविरुद्ध आज पनि प्रदर्शन सुरु भएको छ । माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध प्रदर्शन सुरु भएको हो । जसका कारण माइतघरदेखि नयाँ बानेश्वरसम्म अस्तव्यस्त बनेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल हुने सूची रहेको छ । एमसीसी अनुमोदन गर्नेबारे छलफल हुने भएपछि नयाँ बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ लागेका छन् ।

उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने बताएका छन् । यस्तै, सत्तारुढ अर्को दल नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्याली निकालेका छन् । उनीहरुले पनि संसद भवन घेराउ गर्ने तयारी गरेका छन् ।

साथै, सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक नेकपा विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरुले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।
एमसीसीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै नयाँ बानेश्वर र आसपासमा प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा २ हजारभन्दा बढी प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्