Logo
Logo

एकीकृत समाजवादी सम्वद्ध संगठनहरुद्वारा मन्त्री झाँक्रीको राजीनामा माग


86.6k
Shares

काठमाडौं । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा वकालत गरेको भन्दै नेकपा एकीकृत समजावादी सम्वद्ध मोर्चा संगठनहरुले पार्टीका सचिव तथा शहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीमानामा माग गरेका छन् ।

बुधबार काठमाडौंमा सम्पन्न मोर्चा संगठनहरुको संयुक्त बैठकले मन्त्री झाँक्रीको राजिनामा माग गरेको हो । नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमै एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर, मन्त्री झाँक्रीले भने पार्टीको निर्णयविरीत एमसीसीको पक्षमा राधरणा राख्दै आएका छन् ।

पार्टीका उपमहासचिव तथा मोर्चा संगठनहरुका प्रमुख विजय पौडेलको अधयक्षतमा सम्पन्न बैठकमा सहभागी सबै मोर्चा तथा संगठनका प्रमुखहरुले पार्टीको निर्णयविपरीत बोल्ने छुट कसैलाई नभएको भन्दै मन्त्री झाँक्रीको राजीनामा माग गरेका हुन् ।
बुधबार मोर्चा संगठनको बैठकले राजीनामा माग गर्दै गर्दा मन्त्री झाँक्रीले भने चितवन पुगेर एमसीसीको सवालमा पार्टीले दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरेका थिए । चितवनबाटै मन्त्री झाँक्रीले सरकार वा सडक रोज्नसमेत पार्टी नेतृत्वलाई आग्रह गरेका थिए ।

पार्टी सरकारमा रहेकाले एमसीसीको विपक्षमा बोल्नु वा निर्णय गर्नु नहुने भन्दै आएका झाँक्री एकीकृत समाजवादीका एक्ला एमसीसी पक्षधर नेताको रुपमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्