काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी यथास्थितमा पास गर्न नसक्ने बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरु अमेरिका विरोधी नभएको र यथास्थितिमा एमसीसी पास गर्न नसक्ने बताएका हुन् ।
‘हामी अमेरिका विरोधी होइनौं, हामीलाई विकास पनि चाहिएको छ । साँच्चै अनुदान हो भने त्यो पनि चाहिएको छ, तर अनुदानका वा विकासका नाममा जे कुरा पृष्ठभागमा आएको छ, त्यो बुझिदिनुपर्यो,’ उनको प्रश्न छ, ‘यदि अनुदान हो भने पास गरे भनेर किन हाम्रा राष्ट्रिय नेताहरूलाई धम्की दिँदै हिँडेको ?’














