Logo
Logo

देउवा-ओली बैठक सकियो, साँझ ७ बजे फेरि बस्ने


2.8k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको बैठक सकिएको छ ।

प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठक साँझ ७ बजे फेरि बस्ने गरी सकिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

उनका अनुसार बैठक बेलुका ७ बजे बालुवाटारमा बस्नेछ । उनले भने, ‘ओलीले साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ। साँझ ७ बजे बालुवाटारमा पुनः छलफल हुन्छ ।’

छलफलमा प्रधानमन्त्रीले एमसीसीमा सहयोगको अपेक्षा गरेका थिए । ओलीले छलफल गरेर पुनः भेट्ने बताएका थिए ।

सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै दलको सहमतिमा संसद् सञ्चालन हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्