Logo
Logo

एमसीसीविरुद्धको प्रदर्शनमा हेमराज अवस्थी गम्भीर घाइते


7.2k
Shares

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा एकजना गम्भीर घाइते भएका छन् । बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा डडेलधुराका हेमराज अवस्थी गम्भीर घाइते भएका हुन् ।

घाइते अवस्थीको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ । घाइते हुन साथ उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेन्टर लगिएको हो ।

प्रत्यक्षदर्शीकाअनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको परिवार अहिले सम्पर्कमा आइसकेको र केहीबेरमा अपरेसन गरिने प्रहरीले जनाएको छ ।

बानेश्वरमा एमसीसीविरुद्धको आन्दोलनले हिंसात्मक हुँदै गएपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यस्तै, प्रहरीमाथि ढुंगा प्रहार गर्नेहरुमाथि प्रहरीले लठी प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्