Logo
Logo

विप्लवले कानुनमन्त्री बडुको घरमा झुण्ड्यायो कालो झण्डा


1k
Shares

धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ ।

नेकपा विप्लवले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका–५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो ।

नेकपा विप्लवका दार्चुला जिल्ला इन्चार्ज भरत मल्लले मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताए ।

मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा पनि लेखिएको छ ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बिहीबार दिउँसो खलंगामा नारा, जुलुससहित प्रर्दशनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्