
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदमा जारी अवरोध र एमसीसीको बिषयमा छलफल भएको छ ।
संसदमा अनुमोदानका लागि पेस भएको एमसीसीका कारण राजनीति जटिल मोडमा पुगेको बेला एमाले र माओवादीबीच छलफल भएको हो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिए ।
संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले भने– ‘एमालेसँगको भेटमा आ–आफ्ना कुरा राखियो । एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको छ
।’
एमाले र माओवादीबीच छलफल हुनुअघि संसद् भवनमै कांग्रेस र एमालेबीच छलफल भएको थियो । माओवादी–एमालेको छलफलपछि अहिले कांग्रेस–एमालेबीच बालुवाटारमा छलफल जारी छ ।














