
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको नेपाली टोली आज (शुक्रबार) स्वदेश फर्कंदैछन् । तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ । नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी-२० प्रतियोगितामा सहभागी हुने मौका भने गुमाएको छ ।
नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो । यस्तै, सेमिफाइनलमा भनेयुएईसँग ६८ रनले पराजित भएको थियो ।
प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली टोली शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछ ।











