Logo
Logo

घट्यो सुनको मूल्य


189
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजारले घटेर रु. ९८ हजार तोकिएको छ ।

पहेँलो धातुको अघिल्लो दिन प्रतितोला रु. ९९ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ ।

बिहीबार यसको मूल्य प्रतितोला रु. ९८ हजार ५०० थियो । त्यस्तै,आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले घटेर रु. एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्