Logo
Logo

प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटर्वाता


8k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटर्वाता भएको छ । बिहीबार धनगढी गएका नेपाल शुक्रबार बिहान काठमाडौं फर्केसँगै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ । देउवा र नेपालबीचको संवादसँगै एमसीसी संसदबाट अनुमोदन गराउन नयाँ विकल्पको खोजी सुरु बताइएकाे छ । सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउन नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन् ।

नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलगायतसँग छलफल थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्