Logo
Logo

‘टाढाकालाई इष्ट बनाउने नाममा छिमेकीलाई रुष्ट नबनाऔँ’


315
Shares

काठमाडौं । नेकपा (एकीकृत साजवादी)का सम्मानित नेता झलनाथ खानाले आफू प्रधानमन्त्री भएको बेला एमसीसीबारे कुनै पहल नभएको बताएका छन् ।

शुक्रबार एमसीसीविरुद्ध एकीकृत समाजवादी सम्वद्ध जनसंगठनको खबरदारी सभालाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री हुँदा एमसीसी ल्याउने पहल सुरु भएको झुटो प्रचार प्रचार गरेको भन्दै सो कुरा स्पष्ट पारेका हुन् ।

उनले भने, ‘एमसीसी सम्झौता त झलनाथ खनाल प्रधानमन्त्री भएको बोला सुरुवात भएको हो, उसले पो चिठ्ठी लेखेर यो कामको थलानी गरको हुन् भन्दै केही मूर्खहरु अथवा केही पूर्वआग्रहीहरुले प्रचार प्रचार गरिरहेका छन् । यो एक सय प्रतिशत मात्रै होइन, एक लाख प्रतिशत नै झुटा कुरा हो । म प्रधानमन्त्री हुँदा न त्यस्तो कुनै चिठ्ठी लेखेको छु, न कुनै अनुरोध गरेको छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एमसीसीको पहल डा. बाबुराम भट्टराईको पालादेखि सुरुवात भएको बताए । उनले भने, ‘एमसीसीले ल्याउने कुरा बाबुराम प्रधानमन्त्री हुँदादेखि सुरु भएको हो । यो कुरा घाम जतिकै छर्लङ्ग छ । मेरो कार्यकायलमा कुनै कुरा भएको छ भने कागजात लिएर आउन चुनौति दिन्छु ।’

अहिले देश गम्भीर मोडबाट आगाडि बढीरहेकाले गहन छलफल गर्नुपर्ने बताए । टाढाको मित्रलाई इष्ट बनाउने नाममा छिमेकीलाई रुष्ट बनाउनु नहुने उनको भनाइा छ । उनले भने, ‘टाढाको कुनै मित्रलाई इष्ट बनाउने नाममा हामीले हाम्रो छिमेकीहरुलाई रुष्ट बनाउन खोज्यौँ भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुनेवाला छैन । त्यसैले हामीले यी कुराहरुलाई पनि बुझेर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्