Logo
Logo

‘आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिन्छु’


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने भएका छन् । उनले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।

सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्ने बताए । उनले आफु संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको बताए । ‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु’, उनले भने ।

त्यस्तै एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको नेता बदालको भनाई छ । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरु संसदीय काम कारबाहीमा सहभागी नुहने उनले बताए ।

सो माग पूरा भएपछि मात्र पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउने बादलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्