Logo
Logo

एमसीसीबारे गठबन्धनका नीत नेता निर्णायक छलफलमा


9.6k
Shares

काठमाडौं । आइबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढ्ने सम्भावित कार्यसूची तय भइसकेको छ ।

अनुमोदनका लागि एमसीसीले दिनएको समय पनि घर्किन लागेको छ । तर, एमसीसी अनुमोदन गर्ने सन्दर्भमा राजनीतिक दलबीच सहमति जुट्न सकेको छैन । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवा संकटमा परेका छन् ।

एमसीसीको सन्दर्भमा ‘डू अर डाई’ अवस्थामा रहेका प्रधानमन्त्री देउवा दिनभर सहमति खोज्न व्यस्त भए । साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग साथ खोज्न पार्टीका नेतालाई अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएका थिए । तर, एमालेले पुरानै अडान दोहोर्यायो ।

एमालेले आफ्ना माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रकृयामा सहभागी नहुने अडान दोहोर्यापछि कांग्रेस नेता बालकोटबाट खाली हात फर्के । लगत्तै प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएका छन् ।

जारी तीन नेताको छलफलमा प्रधानमन्त्री देउवाले एमाले सँगको छलफलबारे ब्रिफिङ गरेका छन् । आफ्ना माग पूरा नगरे कुनै पनि संसदीय प्रकृयामा सामेल नहुने एमालेको अडानले परिस्थिति थप जटिल भएको देउवाले ब्रिफिङ गरेको प्रचण्डसँगै बालुवाटार पुगेका एक नेताले बताए ।

प्रधानमन्त्री देउवा भोलीको संसद बैठकबाट एमसीसी वार–पार गर्ने पक्षमा रहेका छन् । त्यसैले अन्तिमपटक गठबन्धनका नेतालाई छलफलमा बोलाएको बुझिएको छ । गठबन्धन टुटे बिचार गर्न सकिने एमाले संकेतका आधारमा प्रधानमन्त्री गठबन्धनका अध्यक्षहरुसँग छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्