Logo
Logo

म्याग्दे गाउँपालिकाद्वारा सार्वजनिक बिदा


567
Shares

दमौली । यहाँस्थित म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् ।

गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । गाउँपालिकामा मात्रै सात हजारभन्दा बढी मगर समुदायको बसोबास छ । जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्