Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


1.9k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश सामान्य बदली रहेको छ ।

त्यस्तै लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

बाँकी भू–भागहरुमा आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा तथा बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राति पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्