Logo
Logo

मिर्गौला पीडित पण्डितलाई सहयोग


504
Shares

दमौली । मिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब रु. दुई लाख सहयोग गरिएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहेका उनलाई सो सङ्गठन कास्कीले रु. एक लाख ९५ हजार सहयोग गरेको हो ।

सङ्गठनको ११ औँ जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उनलाई हस्तान्तरण गरिएको छ । कास्कीका विभिन्न कार्यालयमा कार्यरत् कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितको उपचारमा सहयोग पुर्याउन हस्तान्तरण गरिएको निजामती कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए ।

बिरामी पण्डितलाई शुक्रबारमात्रै निजामती कर्मचारी सङ्गठन तनहुँले पनि रु. ५० हजार ८४५ सहयोग गरेको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समयअगाडि स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनले पण्डितको उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।

कोलकातास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए । सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं ३५२०१०००००४६३००१ वा माछापुच्छ्रे बैंकमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नं १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्