Logo
Logo

नेता गुरुङले एमसीसीबारे व्याख्यात्मक घोषणाका बूँदा बाचन गरेर सुनाए


5.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाएका छन् ।

आइतबार नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बसेको बैठकमा नेता गुरूङले एमसीसी बारेको व्याख्यात्मक घोषणालाई बाचन गरेर सुनाएका हुन् ।

नेता गुरुङले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने लगायत विषय सुनाएका थिए । ११ बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित गरेपनि एमसीसीले मान्यता दिनेमा शंका रहेको बताएका छन् । यो प्रक्रिया केवल उधारो सम्झौता हुने हो कि भन्ने प्रश्न गर्दै त्यसबारे गम्भीर हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्