काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।
पूर्वमन्त्री श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले आइतबार विषेश अदालतमा भ्रष्ट्राचारको मुद्दा दायर गरको हो ।

अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको छ । ६८ लाख ५० हजार ९ सय ५३ रुपैया बैक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापत्को बाँकी रकम उनको जायजेथाबाट असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ ।
पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए ।











