Logo
Logo

‘ब्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने एकीकृत समाजवादीको निर्णय


4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदमा पेस भएको एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

फाइल फोटो

आइतबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसीमाथि ‘ब्याख्यात्मक घोषणा’लाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार जाने निर्णय भएको जानकारी दिइन् ।
आइतबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सोअनुसार आजै संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्