
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीको पक्षमा मतदान गर्ने सबै राष्ट्रघाती हुने बताएका छन् ।
प्रतिनिभिसभामा आजबाट सुरु भएको एमसीसी माथिको छलफलमा सहभागी हुँदै नेता रावलले एमससीसी राष्ट्रघात भएकाले यसको पक्षमा मतदान गर्नेहरु पनि राष्ट्रघाती हुने बताएका हुन् ।
छलफलका क्रममा नेता रावलले भने– ‘यत्रो राष्ट्रिय स्वाधिनतासँग सम्बन्धित विषय यस्तो होहल्लाबीच प्रस्तुत गर्नु भनेको देशप्रतिको गद्धारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्टरको अपमान हो, यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती भनेर दर्ज हुनेछ । जसमा जजस्ले समर्थन गर्छन, तिनिहरु राष्ट्रिरय गद्धार भनेर नेपालको इतिहासमा अंकित हुनेछन् ।’











