Logo
Logo

झलनाथ खनालद्वारा एमसीसीको मतदान बहिस्कार


6.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको मतदान प्रकृया बहिस्कार गर्ने भएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी आज संसदबाट पारित हुँदैछ । केहीबेरमा बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी पारित गर्न मतदान हुँदैछ । नेता खनालले उक्त प्रकृया बहिस्कार गर्ने भएका हुन् ।

पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेता पनि आफू त्यसको विपक्षमा रहेकाले मतदान प्रकृयामा सहभागी नहुने नेता खनालले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले आजै बसेको संसदीय दलको बैठकबाट व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्