Logo
Logo

एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत


693
Shares

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसीसी) अनुदानसम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसीसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । अहिले दोस्रो बैठकमा त्यससम्बन्धमा दफावार छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्