
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी अनुमोदन भएकोमा स्वागतयोग्य भएको बताएका छन् ।
उनले एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् पनि भनेका छन् ।
‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ। पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला !, ट्वीटरमा उनले भनेका छन्, ‘यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् ।’











