
काठमाडौं । जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।
प्रतिनिधि सभा सदस्य बानियाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बानियाँ पक्राउ परेको बताएका छन् ।
प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन् ।
महिलाको जाहेरीपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।











