Logo
Logo

नगरपालिकाद्वारा दमक क्याम्पसलाई सहयोग


693
Shares

झापा । दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा रु. १० लाख सहयोग उपलब्ध गराएको छ ।

दमकमा आज आयोजित कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले दमक बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनमा सहयोग पुर्याउन सहयोग उपलब्ध गराइएको बताए । क्याम्पस सञ्चालनका लागि नियमित स्रोत जुटाउन छुट्टै अक्षयकोष निर्माण गरिएको क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्