Logo
Logo

हुन्डीबाट दुई अर्बको रेमिट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार अझै पनि करिब २५ प्रतिशत रेमिटेन्स हुन्डीको माध्यमबाट आउँछ । सरकारको पछिल्लो तथ्याङकअनुसार एक वर्षमा करिब ८ खर्ब रेमिटेन्स भित्रने गरेको छ । जसअनुसार २ खर्बभन्दा धेरै हुन्डीमार्फत भित्रने गरेको प्रष्ट हुन्छ ।

धेरैजसो व्यापारीहरुले आफ्नो कारोवारको रकम हुन्डीमार्फत लेनदेन गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाली कामदारहरु धेरै रहेको खाडी देशहरुमा हुन्डीको कारोवार कम भए पनि युरोप, अमेरिका तथा कोरियामा रहेका नेपालीहरुले हुन्डीमार्फत नै पैसा पठाउने गर्दछन् । बैंकिङ च्यानलबाट पठाउदा बढी खर्च लाग्ने भएकाले उनीहरुले हुन्डीमार्फत पठाउने गरेका छन् । साथै विदेशमा पैसा लुकाउन, तथा अपराधीक कारोवार समेत हुन्डीमार्फत हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

हुन्डी कारोवारीहरुको सञ्जाल जिल्ला जिल्लासम्म छ । रेमिटेन्स कम्पनिमार्फत भन्दा सस्तो शुल्कमा पैसा पठाउने लोभमा हुन्डीको कारोवार हुने गरेको छ । कोरिया, जापान जस्ता देशबाट धेरै रकम हुन्डीबाट भित्रने गरेको छ । हुन्डी कारोवारविरुद्ध सरकारी संयन्त्र बलियो हुनसकेको छैन । प्रहरीले बेला बेलामा मात्र हुन्डी कारोवारीलाई पक्राउ गर्दछ । राजश्व अनुसन्धान विभाग लगायत निकायको कारबाही पनि प्रभावकारी हुन नसक्दा हुन्डी कारोवार नियन्त्रण हुन नसकेको हो । जसकारण देशको अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको छ ।

हुन्डीको सबैभन्दा ठुलो असर देशको राजश्वमा पर्ने गर्दछ । व्यवसायीहरुले सामानको वास्तविक मूल्य भन्दा कममा खरिद गरेको देखाएर बिदेशबाट सामान आयात गर्दछन् । त्यसरी न्यून बिजीकरणबाट आयात गर्दा त्यहीअनुसार मात्र उनीहरुले एलसीमार्फत भुक्तानी दिन्छन् । बा“की रकम व्यवसायीहरुले हुन्डीमार्फत पठाउछन् । कम भन्सार तिर्न यसरी न्यून बिजिकरण हुने गरेको छ । जसबाट राज्यलाई अरबौं राजश्व घाटा हुने गरेको छ । सरकारले न्यून बिजिकरण रोक्न नसक्दा हुन्डीको कारोवार फष्टाएको हो ।

धेरैजसो व्यापारीहरुले आफ्नो कारोवारको रकम हुन्डीमार्फत लेनदेन गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाली कामदारहरु धेरै रहेको खाडी देशहरुमा हुन्डीको कारोवार कम भए पनि युरोप, अमेरिका तथा कोरियामा रहेका नेपालीहरुले हुन्डीमार्फत नै पैसा पठाउने गर्दछन् । बैंकिङ च्यानलबाट पठाउदा बढी खर्च लाग्ने भएकाले उनीहरुले हुन्डीमार्फत पठाउने गरेका छन् । साथै विदेशमा पैसा लुकाउन, तथा अपराधीक कारोवार समेत हुन्डीमार्फत हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

अपराधीलाई सहज

हुन्डीका कारण अपराधीहरुलाई आर्थिक कारोवार सहज भएको छ । ठगीदेखि लागुऔषध तथा वन्यजन्तुका अंगका कारोवारको लेनदेन समेत हुन्डीबाट हुने गरेको छ । गत महिना पक्राउ परेका दिलबहादुर गुरुङले कोकिन कारोवारका लागि हङकङबाट ८ लाख रुपैया“ हुन्डीबाट लिएका थिए । उक्त रकमसहित लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो । त्यस्तै दुई महिनाअघि प्रहरीको बिशेष ब्यूरोले नक्कली भारतीय रुपैया“का कारोवारीलाई पक्राउ गर्दा उनीहरुले हुन्डीमार्फत पाकिस्तानी गिरोहलाई पैसा पठाउने गरेको खुलेको थियो ।

दुई वर्षअघि बैंककमा तीन नेपाली विद्यार्थीलाई अपहरण गर्दा १÷१ करोड फिरौती हुन्डीमार्फत मागिएको थियो । एक बिद्यार्थीका आफन्तले एक करोड रुपैया“ हुन्डी व्यवसायी कुञ्ज विहारीलाई दिएका थिए । विहारीलाई एक करोडसहित प्रहरीले पक्राउ गरेको थियो । चिठ्ठा ठगीमा संलग्न गिरोहले पनि हुन्डीमार्फत नै पैसा मगाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ । नेपालमा बढेको सुन तस्करीले पनि हुन्डी कारोवार बढेको छ । तस्करीको सुनको पैसा पनि हुन्डीमार्फत नै विदेशमा जाने गर्दछ ।

रेमिटेन्स कम्पनीबाटै समेत हुन्डी

कतिपय रेमिटेन्स कम्पनीले नै हुन्डीको कारोवार गरेको समेत खुलेको छ । त्यसरी हुन्डी गर्नेविरुद्ध राजश्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा हुण्डी कारोवारको आरोपमा मुद्दा चलाएको छ ।

रिलायन्स सवरेमिट प्रालिका सञ्चालक गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बूमाथि विभागले मुद्दा दायर गरेको हो । उनीहरुमाथि गत फागुनमा ३ करोड ६६ लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

रिलायन्स सवरेमिट प्रालिका सञ्चालक सुब्बाले इन्द्रनारायण लिम्बूसमेतको साझेदारीमा रिलायन्स सब रेमिट प्रालि दर्ता गरी उक्त फर्ममार्फत मलेसियाबाट नेपाल पठाउने उक्त रकम नेपालमै एक ठाउँबाट अर्को ठाउँ कारोवार देखाई विदेशी विनिमय अपचलन गरेको विभागले फेला पारेको थियो ।

उनीहरुले कम्प्युटर अभिलेखमा मलेसियन रिङ्गीटको नेपाली पैसासँग फरक दिन र समयको विनिमयदरले हिसाव राखिएको समेत फेला परेको छ । त्यसमा प्रयोग गरिएका कन्ट्रोल नम्बर भनी कतिपय रेमिट्यान्स कम्पनीका कारोवारसम्बन्धी नेपालबाट नेपालमै रकम पठाउँदा प्रयोग गर्ने विभिन्न कम्पनीबाट प्राप्त पिनकोड प्रयोग भएको समेत पाइएको छ ।

सुब्बाले साथीभाइसँग लिनुपर्ने मलेशियाबाट पठाएको रकम हो भनी स्वीकार गरेको तर त्यो बराबर नेपाल सरकारलाई प्राप्त हुनुपर्ने विदेशी मुद्रा प्राप्त भने नभएको विभागले जनाएको छ । यसैगरी अन्य कम्पनीले समेत हुन्डी कारोवार गरेको सूचनाका आधारमा विभागले अनुसन्धान अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्