Logo
Logo

बजेट सुनिश्चित भएसँगै रंगशालाको स्तरोन्नती गरिँदै


1.1k
Shares

काठमाडौं । बाँकेको नेपालगञ्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्री पद सम्हालेदेखि नै नेपालगञ्ज रंगशालाको अधुरो काम पूरा गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । रंगशालामा सेन्थेटिक ट्रयाकसँगै फ्लड लाईट जडानका लागि पहल गर्दै आएका उनले चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सुरु हुने गरी सेन्थेटिक ट्रयाकका लागि बजेट सुनिश्चित गराएका हुन् ।

आठौँ राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावका कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाईट जडानलगायतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामा रहेको छ । बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगञ्ज रंगशाला स्तरोन्नतीको प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्