Logo
Logo

प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धकाे खोप अभियानकाे उद्घाटन


441
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकालाई दिइन लागिएको टाइफाइड विरुद्धकाे खोप अभियान उद्घाटन गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

बिहीबारदेखि सुरु भएको खोप अभियान आगामी २५ वैशाखसम्म चल्नेछ । यस खोप अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ ।

बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ । नेपालमा पहिलोपटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्