Logo
Logo

लुम्बिनीमा एकीकृत समाजवादीबाहेक चार दलको चुनावी गठबन्धन


8k
Shares

बुटवल । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएपनि नेकपा एकीकृत समाजवादी भने छुटेको छ ।

बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरु मात्र बैठकमा बसेका थिए ।

बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायत सहभागी थिए । तर, एकीकृत समाजवादीबाट कोही नेता सहभागी थिएनन् ।

बैठकपछि संयुक्त रूपमा जारी विज्ञप्तिमा समेत चार दलका प्रदेश अध्यक्षको मात्र हस्ताक्षर रहेको छ । विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावीसभा गर्ने निर्णय गरिएको छ ।

बैठकमा तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने र स्थानीय पालिका र जिल्लाले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको विञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्