काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । बिहीबार नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहितको टोली आयोग पुगेर सो आग्रह गरेको हो ।

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ ।
यस्तै, आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने विप्लवको माग छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको बताएका थिए । प्रमुख आयुक्त दिनेश थपलियासँग प्रकाण्डले अलग्गै समेत छलफल गरेको बताइएको छ ।














