
काठमाडौं । डा गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले आज अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् ।
चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरेको भन्दै यो अमानवीय नरसंहार र युद्ध अपराध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न नमिल्ले उनको ठहर छ ।














