काठमाडौं । कानुन व्यवसायीहरुको प्रतिनिधिमूलक संगठन नेपाल बार एसोसिएनसको कार्यसमिति निवार्चनमा सत्ता गठबन्धन प्यान नै विजयी भएको छ । अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

बारको अध्यक्षमा पाँच दलिया गठबन्धनको तर्फबाट प्रत्यासी गोपालकृष्ण घिमिरेले मतगणना नसकिँदै जित सुनिश्चित गरिसकेका थिए । घमिरे कांग्रेस निकट हुन् । उनले ४ हजार ४ सय ३३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २ हजार ४ सय ८२ मत ल्याए ।
महासचिवमा माओवादी केन्द्र निकट अन्जिता खनाल निर्वाचित भएका छन् । उनले ३ हजार ६ सय ८२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २ हजार ९ सय ८९ मत ल्याए ।
बारको तीन वर्षे कार्यकालसहितको कार्यसमितिमा २५ जना हुन्छन् । बारको निर्वाचनमा एक अध्यक्षमा ८, उपाध्यक्षमा ८ पदका लागि २१, एक महासचिवका लागि ७, एक कोषाध्यक्षका लागि ३, विभिन्न कलस्टरका ८ सदस्यका लागि १९ र खुला ६ सदस्यका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचनमा कूल ७ हजार चार सय ८४ मत खसेको थियो । बारको निर्वाचन गत शनिबार भएको थियो ।














