Logo
Logo

‘हामी जित्दैछौँ, केपी ओलीहरू हार्दैछन्’


10k
Shares

‘काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले आफूहरूलाई हेप्नेलाई साइजमा ल्याउने चेतावनी दिएकी छन् ।

शनिबार पार्टीको काठमाडौं जिल्ला समितिले भृकुटीमण्डपमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीलाई निम्छरो शब्द प्रयोग गर्दै क्विन्टल र ढकका कुरा गर्नेहरू पाउमा झर्नेछन् ।’

उनले राष्ट्रियसभा निर्वाचन र भर्खरै सम्पन्न नेपाल बार एसोसिएसनका निर्वाचनहरूले यही कुरा बताइरहेका भन्दै भनिन्, ‘हामी जित्दैछौँ । केपी ओलीहरू हार्दैछन् ।’ उनले वैशाख ३० गते हुने निर्वाचनमा आफूहरू सानदार विजय हासिल गर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्