Logo
Logo

सबै पालिकामा उम्मेदवार सिफारिस गर्न एकीकृत समाजवादीको निर्देशन


13.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार कसको बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास गर्दै उक्त निर्देशन दिएको हो ।

उम्मेदवार छनोटको मापदण्डअनुसार वडा सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने पालिका कमिटीले टुंगो लगाउने छ । वडा अध्यक्षको उम्मेदवार वडा र पालिकाको सिफारिसमा जिल्ला कमिटीले टुंगो लगाउने भएको छ ।

गाउँपालिका प्रमुख उपप्रमुख र नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्ला कमिटीको सिफारिसमा प्रदेशले टुंगो लगाउने छ । उपमहानगर र महानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले टुंगो लगाउने छ ।

बैठकको निर्णयअनुसार वडा कमिटीले ३० चैतमा सिफारिस गरिसक्नुपर्नेछ भने पालिकाले २ वैशाख, जिल्लाले ४ वैशाख, प्रदेशले ६ वैशाखमा सिफारिस गरिसक्नुपर्नेछ भने केन्द्रले भने ८ वैशाखभित्र निर्णय गरिसक्ने केन्द्रीय सचिवालयको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्