Logo
Logo

एमालेले धरानमा मेयरको उम्मेदवार छान्न सकेन


693
Shares

धरान । आकांक्षी धेरै भएपछि नेकपा एमालेकोे धरान उपमहानगरपालिका कमिटीले मेयरका उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।

मेयरको उम्मेदवार छान्न एक हप्तादेखि जारी छलफलबाट पनि सहमति जुट्न नसकेपछि ११ जनाको नाम सिफारिस गरिएको हो । मेयरको आकांक्षा राखेका कुनै पनि नेताले दावी नछोडेपछि सबैको नाम सिफारिस गरिएको एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए ।

नगर कमिटीले मञ्जु भण्डारी, पूर्वमेयर मनोज मेन्याङ्बो, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस छ ।

नगर कमिटीले सिफारिस गरेका ११ जना मध्येबाट एमालेको केन्द्रीय कमिटीले १ जनालाई मेयरको उम्मेदवार बनाउने छट ।

प्रतिक्रिया दिनुहोस्