Logo
Logo

कस्तो रहला आजको मौसम ?


1.4k
Shares

काठमाडौं । अहिले देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदलीदेखि दिउँसो मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राति प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, प्रदेश नं. १ को पहाडी भू–भागका एक वा दुई स्थान र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्