Logo
Logo

शशांकलाई आयोगको प्रश्न- निर्वाचनमा कसरी ६ करोड खर्च भयो ?


693
Shares

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांका कोइरालासँग निर्वाचन आयोगले २०७४ को निर्वाचनमा ६ करोड खर्च गरेको अभिव्यक्तिबारे जवाफ मागेको छ ।

शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता कोइरालाले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेको बताएका थिए । यसै विषयमा आयोगले के कसरी यतिका रकम खर्च भयो भन्दै जवाफ मागेको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि २५ लाख रूपैयाँसम्म खर्च सीमा तोके पनि कोइरालाले निर्वाचन महँगो हुँदै गएको र गत निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको भनेका थिए ।

नेता कोइरालाले निर्वाचन प्रश्चात निर्वाचन आयोगसमक्ष २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका थिए । तर, सार्वजनिक कार्यक्रममा ६ करोड खर्च गरेको बताएपछि आयोगले खर्चको यथार्थ जानकारीसहित ७ दिनभित्र जवाफ लेख्न भनेको छ ।

निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनु भएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो । सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।’

प्रतिक्रिया दिनुहोस्